Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०८ गते, बिहान १०:१७ बजे
काठमाडौँ - KTM

स्रष्टाको सम्मान गर्न सरकारलाई उपराष्ट्रपति पुनको आग्रह

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल/असोज ८, काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकार, स्रष्टा राष्ट्रका गहना भएकाले उनीहरूको योगदानको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । 

शनिबार काठमाडौमा आयोजित लोक तथा दोहारी गीत प्रतिष्ठानको छैटौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन् । 

उपराष्ट्रपति पुनले लोक तथा दोहारी गीतबाट राष्ट्रिय एकता, संविधान कार्यान्वयन गर्नतर्फ लाग्न कलाकार आग्रह समेत गरेका छन् । कुनै वेला रोदी, चौतारी, मेला, पर्वमा गाईने लोक दोहरीले 

आज व्यवसायीकता पाउनु महत्वपूर्ण भएकाले सामाजिक, सास्कृतिक विषयबस्तुको उठान  गर्नुपर्ने धारणा राखे । 

नेपालका गाउँ सहरमा मात्र नभई विदेशका मुख्य शहरमा पनि लोक दोहरीले स्थान पाएकोमा स्मरण गराउदै उपराष्ट्रपति पुनले भने -“दोहारी गीत संगीत अन्तर्राष्ट्रियस्तरमा पुग्न सफल छ, 

व्यवसायिकता पाएको छ र केही व्यक्तिले रोजगार समेत पाएका छन् ।” 

उनले हरेक क्षेत्रमा आधुनिकता भित्रिएसँगै दोहारिमा पनि आधुनिकता भित्रनु स्वभाविक भएपनि  विकृति भित्रनु राम्रो नभएको धारणा  राखे । पुनले भने- “समाज र संस्कृति सुहाउँदो भाव 

लोकदोहरी गीत संगीतमा आउनुपर्छ ।” कार्यक्रममा लोकदोहरी गीत संगीतको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको गायक, संचारकर्मी लगाएतलाई सम्मान गरिएको थियो ।