४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा आमा छोरी मृत अवस्थामा फेला, श्रीमान् र सपरिवार घटना पछि फरार

१६ असार २०८०, शनिबार ०५:४२

असार १६, रौतहट | मौलापुर नगरपालिका वडा नम्बर  ४ पतौरामा एक २४ बर्सिया महिला र २ वर्षकी छोरी मृत अवस्थामा फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार   २४ बर्सिया माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको  घरमै मृत अवस्थामा  फेला परेका हुन्। अबोध वालिका आरुही कुमारीको लास पङ्खामा झुन्ड्याइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढी मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए । 

घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या वा आत्महत्या यकिन  गर्न नसकिएको प्रहरी उपरीक्षक बुढामगरले बताए। मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहका सपरिवार घटना पछि फरार भएका छन् ।

माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविताका बुबा विजय शङ्कर साहले  घटनाबारे  जानकारी हुने बित्तिकै घटनास्थल पुगे पनि प्रहरीले आफूलाई घटना स्थलमा जान नदिएको बताए । छोरी र ज्वाइँ बिच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको बताउँदै कविता बुबाले ज्वाइँ धिरेन्द्र साहबाट पटक पटक दाइजो माग्दै आएको बताए। छोरीलाई पटक पटक यही निहुमा कुटपिट गर्ने गरेको उनको आरोप छ। कविता साहको हत्या भएको उनका बुबाले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ