१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘हालसम्म तीन पटक अवैध सुन ल्याएको छु, एकपटक ल्याउँदा ७० हजार रुपैयाँ पाइन्थ्यो’

२० पुष २०८०, शुक्रबार ०८:२५

पुस २०, काठमाडौं | १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएका गोरखाका चन्द्र घलेले हालसम्म तीन पटकमा २६ किलो सुन तस्करी गरी ल्याएको र एक पटक सुन बोकी आउँदा ७० हजार रुपैयाँ पाउने बयान दिएका छन् । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसन्धान अधिकृत मनिराम पौडेलसमक्ष घलेले दिएको बयानमा आफूले अन्तिमपटक समेत गरी तीन पटक सुन तस्करी गरी ल्याएको र तस्करीमा गोरखाकै मीनबहादुर घलेको संलग्नता रहेको बयान दिएका हुन् । 


चन्द्रले आफ्नो बयानका क्रममा दुबईमा मीनबहादुर घलेले भनेको व्यक्तिले सुन दिने गरेको र त्यसका लागि ५ दिरामको नोट र कोड नम्बर रहने गरेको पनि बताए । सुन दिने व्यक्ति को हुन् भनेर थाहा नहुने र नेपालबाटै मीनबहादुर घलेले दिएको नोट र कोड नम्बरका आधारमा गिरोहले सुन रहेको ज्याकेट दिने गरेको बयान उनले दिएका छन् । 

दुबईबाट सुन ल्याएर त्रिभुवन विमानस्थलको आगमन कक्षको शौचालयमा रहेको डस्टबिनमा राखिदिने गरेको पनि चन्द्रले बयानमा उल्लेख गरेका छन् । त्यहाँबाट सफाई कर्मचारी, एसी मेण्टिनेन्सका कर्मचारी, प्लम्बर आदिले सुन ल्याएर तस्कर समूहका सदस्यलाई दिने गरेको उनले जनाएका छन् ।  दुबईमा भने सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी भन्सार तिरेरै सुन ल्याउने गरेकोसमेत घलेले बयानमा उल्लेख गरेका छन् । दुबईमा अंकित अग्रवाल र गुरु नाम गरेका व्यक्तिले सुन दिने गरेको घलेको बयानमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने