२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरी भत्ता र कामबाट बिदा लिन १७ पटक गर्भधारणको नाटक गरेपछि…

२०८०, ६ फाल्गुन आईतवार १०:५८

फागुन ६, एजेन्सी । इटलीमा एक जना महिलामाथि कम्तिमा पनि १७ पटक गर्भधारणको झुठो नाटक गरेको आरोप लागेको छ । गएको २४ वर्षमा १ लाख १० हजार यूरो बराबरको सुत्केरी भत्ता लिन महिलाले गर्भधारणको नाटक गरेको खुलासा भएको हो । १७ मध्ये १२ ओटा गर्भधारणमा बच्चा जन्मिन सकेनन् भन्ने र ५ ओटामा बच्चा जन्मिएको झुठो प्रमाणपत्र पेश गरिएको थियो ।


पछिल्ला २४ वर्षमा बारबरा लाएल नाम गरेकी ५० वर्षीय महिला १७ पटक गर्भवती भइन् । यसका कारण उनले वर्षौसम्म सुत्केरी बिदा लिइन् भने सरकारले दिने सुत्केरी भत्ता बापत पनि ठूलो रकम लिइन् । ती महिलाले बुझाएको कागजपत्रका अनुसार १२ पटकसम्म गर्भ तुहियो, अन्य पाँच पटकमा भने उनले ५ ओटा सन्तानलाई जन्म दिइन् ।

तर न त ती बच्चाको कतै जन्मदर्ता भएको छ न त कसैले तिनीहरूलाई देखेकै छन् । कान्छो बच्चालाई बारबराले गएको वर्ष डिसेम्बरमा जन्म दिइएको बताइएको छ । तर पछिल्लो गर्भधारणयता उनी अधिकारीहरुको निगरानीमा  थिइन् । उनी गर्भवती नै नभएको प्रमाण अधिकारीहरुले फेला पारेका छन् । बारबराले १ लाख १० हजार यूरो कुम्ल्याउन र कामबाट बिदा लिन गर्भवती भएको नाटक गरेको अधिकारीहरुको आरोप छ ।

आफ्नो झुटलाई सत्य साबित गर्न महिलाले रोमका क्लिनिकहरुबाट जन्मदर्ताको प्रमाणपत्र चोरेकी थिइन् भने नक्कली कागजपत्र बनाएकी थिइन् । डाक्टरको हस्ताक्षर पनि उनी आफैंले गरेकी थिइन् । उनी पेट भुक्क देखाउन पेटमा तकिया हालेर हिड्थिन् । उनी गर्भवती महिला जस्तै गरी हिँड्थिन् । बारबराले सन् २००० देखि नै यस्तो काम गर्न थालेकी थिइन् ।

१६ पटकसम्म त उनी त्यो नाटक गर्न सफल भइन् । तर गतवर्ष उनको झुठ पर्दाफास भयो । त्यसपछि श्रम प्रहरीले उनका सबै अघिल्ला गर्भधारणबारे छानबिन शुरु गरे । बारबरा गर्भवती नभएको भन्नेबारे सन् २०१२ देखि नै थाहा भएको सोधपुछको क्रममा बारबराका पार्टनरले भनेका छन् । सजाय घटाउन उनले बारबराविरुद्ध बयान दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति