१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दिल्लीबाट फर्केर दुर्गा प्रसाईँले भने- अब बैंकको पैसा तिर्छु

१८ चैत्र २०८०, आईतवार ०६:३१

चैत १८, काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।

 २० दिन दिल्ली बसेर फर्केका व्यवसायी दुर्गा प्रसाईँले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईले राज्यले १३ वर्षदेखि बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए ।


प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण समेत तिर्ने बताएका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।

आइतबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन ।  तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए । ‘अब अभियान झन् एग्रेसिभ जान्छ’, उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु । क्लियर कुरा ।’

तर अहिलेसम्म तपाईंले सम्बन्धनकै लागि यो सबै गर्नुभएको भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । यो भनेको राष्ट्र बचाउने हो । देश बचाउने हो । भूइमान्छे बचाउने हो ।’ राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको उनको दाबी छ ।

अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते, इलाममा ६ गते कार्यक्रम रहेको बताए । उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण