2026-10-15 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा चुलिएको आन्तरिक विवादबीच बहुमत पदाधिकारी र सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । यस घटनाले संघभित्र गम्भीर नेतृत्व संकट उत्पन्न भएको छ र संस्थाको भविष्य अन्योलमा परेको छ ।

संघले सोमबार आकस्मिक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको सामुहिक राजिनामा पत्रको विवरणअनुसार ७ पदाधिकारीमध्ये ५ जना र १० सदस्यहरूमध्ये ६ जनाले पद त्याग गर्दै राजिनामा दिएका छन्। राजीनामा दिनेहरूमा संघका पदाधिकारीहरु प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल, महासचिव महेश कुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ्ग र कोषाध्यक्ष धनमाया सिंजाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, देवीप्रसाद गिरी, रमा खड्का, रेखा शर्मा, कृष्ण ढकाल र हिमा गुरूङ समेतले राजिनामा दिएका छन् । उनीहरूले संयुक्त रूपमा हस्ताक्षर तथा औंठाछापसहित राजीनामा पेश गर्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमार्फत संघका महासचिव महेश कुमार बस्नेतले राजीनामाको कारण खुलाउँदै अध्यक्ष भुवन सिंह गुरुङको एकलौटी निर्णय, प्रक्रियाविपरीत कार्यशैली तथा संघभित्र बढ्दो अपारदर्शिताप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। “संघलाई विधि, प्रक्रिया र पारदर्शितामा चलाउन खोज्दा निरन्तर अवरोध आयो,” बस्नेतले भने, “यस्तो अवस्थामा संघको हितका लागि हामीले सामूहिक रूपमा पद त्याग गरेका हौं।”

राजीनामा पत्रमा संघको विधान र मर्मअनुसार काम हुन नसकेको, निर्णय प्रक्रियामा सदस्यहरूको सहभागिता कमजोर भएको, व्यवसायीहरूको समस्या समाधानमा नेतृत्व प्रभावकारी नदेखिएको तथा वैदेशिक रोजगार क्षेत्रका महत्वपूर्ण मुद्दाहरूमा संघ निष्क्रिय बनेको उल्लेख गरिएको छ। साथै, व्यवसायीहरूको हितभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको, संस्थाभित्र समन्वयको अभाव र विभाजनकारी प्रवृत्ति बढेको आरोप पनि लगाइएको छ।

राजीनामा दिने समूहले संघको वर्तमान संकट समाधानका लागि तत्काल नयाँ चुनाव गरिनुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा नयाँ नेतृत्वमार्फत मात्र संघलाई पुनः सुदृढ, पारदर्शी र उत्तरदायी बनाउन सकिन्छ। यस विषयमा सम्बन्धित आधिकारिक निकायलाई लिखित जानकारीसमेत दिइसकिएको जनाइएको छ।

सामूहिक राजीनामासँगै गरिएको नयाँ चुनावको मागले अब संघको आगामी दिशा, नेतृत्व चयन र संस्थागत स्थायित्वतर्फ सबैको ध्यान केन्द्रित हुने देखिएको छ । सामूहिक राजिनामा दिएकाहरुले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमै पुगेर राजिनामा बुझाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु