2026-09-28 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

2026-07-21

काठमाडौँ | आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो । सङ्कलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ रु एक अर्ब १८ लाख ६६ हजार, अन्तःशुल्कतर्फ रु ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ रु १४ करोड ३४ लाख ५१ हजार छ । उक्त कर सङ्कलन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत बढी हो । करिब एक लाख करदाता भएको उक्त कार्यालय मातहत दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम रहेका छन् ।

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन, अन्य कागजता जलेर नष्ट भए पनि सेवा प्रवाह भने रोकिएको थिएन । केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट नागरिकको सेवामा जुटेको त्यस कार्यालयले केही समयदेखि त्रिसिद्देश्वर मन्दिरको धर्मशाला भाडामा लिई सेवा प्रवाह गरिरहेको छ ।

करदाताको क्षमता अभिवृद्धि गर्नका लागि गत आवमा कार्यालयले विभिन्न १८ स्थानमा करसम्बधी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । गत आवमा त्यस कार्यालयबाट चार हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २८ हजार ३८० ले व्यक्तिगत स्थायी लेखा नम्बर र चार हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र नवीकरण तथा दर्ता गरेको कर अधिकृत पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?