फागुन १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघ"/> Sajhasabal फागुन १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघ"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीयता उल्टन सक्छ: प्रधानमन्त्री

१७ फाल्गुन २०७३, मंगलवार ०१:५५

फागुन १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघीयता नै उल्टने र प्रतिगमनतिर मुलुक फर्कने जोखिम रहेको भन्दै सचेत रहन पनि उनले आग्रह गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले संसद्मा दर्ता भएको संशोधनमाथि परेका १५ संशोधन प्रस्ताव टुंगो लगाउन सहमतिको पहल गरेका हुन् । प्रचण्डले आफू संविधान संशोधनमा प्रतिबद्ध रहेको, तर अहिले दुईतिहाइ पुर्‍याउन अप्ठ्यारो परेको बताएका छन् ।

‘प्रधानमन्त्रीले संशोधनमा दुईतिहाइ पुर्‍याउन अप्ठ्यारो परिरहेको जानकारी गराउनुभयो । उहाँले कांग्रेस, माओवादी, मधेसी दलहरू र राप्रपासम्मको राजनीतिक सहमति खोजी गरौँ भन्नुभयो,’ सोमबार प्रधानमन्त्रीसँग छलफलपछि सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘हामीले संविधान संशोधन पहिले गरौँ, अनि निर्वाचनबारे सोचौँला भन्यौँ ।’

प्रचण्डले सोमबार साँझ मधेसी मोर्चाका शीर्ष नेताहरूसँग संशोधनलगायतका विषयमा झन्डै साढे तीन घन्टा छलफल गरेका थिए । छलफलमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।

कांग्रेस, माओवादी र मधेसीबीच वार्ता आज

मधेसी मोर्चाका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार त्रिपक्षीय छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे १० बजे कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठक बस्दै छ । ‘प्रधानमन्त्रीले मंगलबार वार्तामा बसौँ भन्नुभयो,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘अब मंगलबार त्रिपक्षीय वार्ता हुने कुरा छ ।’

मोर्चालाई प्रधानमन्त्रीका पुरानै प्रस्ताव

सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरूसँग पुरानै प्रस्ताव दोहोर्‍याएका छन् । उनले मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गरेर जाने र राष्ट्रिय सभा प्रतिनिधित्वमा गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्षको मतदानको अधिकार कटौती गर्न सरकार तयार रहेको बताएका थिए ।

‘प्रधानमन्त्रीको प्रस्तावलाई हामीले सकारात्मक भनेकै छौँ,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘तर, संविधान संशोधन कसरी टुंगो लगाउने भन्ने कुरा पहिले हुनुपर्‍यो भन्ने हाम्रो कुरा रह्यो ।’ मोर्चाले अडान लिएपछि प्रधानमन्त्री प्रचण्डले संशोधनमा दुईतिहाइ पुर्‍याउन समय लाग्ने उल्लेख गर्दै राजनीतिक सहमतिमार्फत संशोधन प्रयास थालेको बताएका थिए । सरकारले राखेको संशोधन प्रस्तावमाथि तमलोपा र सद्भावना पार्टीले संशोधन प्रस्ताव राखेका छन् भने उपेन्द्र यादवको फोरमले संशोधन हालेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक