भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगला"/>

2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने !


भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगलाई ठूलो झड्का लागेको छ । एक महिना अघि मात्र बजारमा आएको यो फोन प्रयोग कर्ताको लागि निकै खतरनाक देखिएपछि ‘गैलेक्सी नोट7’ मोडलको फोन कम्पनीमै फिर्ता हुने भएको हो ।

यसको ब्याट्रीमा निकै संबेदनशील खरावी आउन थालेपपछी कम्पनीले बिश्व बजारबाट सबै फोन फिर्ता मगाउने फैशला गरेको हो । साथै सामसुंगले, यस फोनमा भएको खराबीलाई नसुधारेसम्म यसको उत्पादन रोक लगाएको छ । 

क्षिण कोरियाको एक एजेन्सीले जनाए अनुसार सामसुंगको कयौं सूत्रबाट थाहा भएको छ कि उक्त फोनमा चार्जिंग गर्दै गर्दाको अवस्थामा अचानक आगो लाग्ने गरेको पाइएको छ । कयौं फोन विक्रेता कम्पनीहरु र फोन प्रयोग गर्ने ग्राहकहरुले यस समस्याको बारेमा भिडियो मार्फत सामसुंगलाई संदेश पठाएका छन् । 

ग्राहकहरुबाट आएको चर्को उजुरी पछी कोरियाको यस कम्पनीले आफ्नो देशबाट निर्यात हुने सबै ग्यालेक्सी नोट7 मोबाइल रोक्का गरेको छ ।

‘गैलेक्सी नोट7’, गत अगस्ट २ तारिक बिश्व बजारमा लन्च भएको थियो । यसको शानदार ‘आइरिस रीडिंग’ फीचरको कारण मानिसहरुले यो फोन निकै मन पराएका थिए । तर लगातार प्रयोगकर्ताहरुले दैनिक यस फोनको ब्याट्री पड्कने र आगो लाग्ने प्रमाण पठाउन थालेपछि कम्पनीले फोन निर्यातमा रोक लगाउँदै विश्व बजारमा पुगेका फोन समेत मर्मत गरेर मात्र पुन: बेच्ने बताइएको छ ।

विश्वभर स्मार्टफोनको बजारमा सामसुङ सबैभन्दा माथिल्लो स्थानमा छ । उसले आफ्नो प्रतिद्वन्दी ‘ऐप्पल’ लाई पनि पछी पारेको छ । यस्तो अवस्थामा उसको आशा गरिएको प्रमुख मोडेलको फोनमानै खराबी आएपछि उसलाई तनाब भएको छ । अर्को कुरा बजारमा अब ४/५ दिनमै एप्पलको आइफोन 7 आउँदै गर्दा उसको मुख्य फोनमा भएको खरावीको फाइदा सिधै एप्पलले उठाउने देखिएको छ । 


यो पनि पढ्नुहोस 

>> अब १ हप्ता भित्रमा आउंदैछ iPhone 7 | कति पर्छ यसको मूल्य ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई