फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादे"/> Sajhasabal फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादे"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिक्षु बनेर किन लुम्बिनी पुगे इराकी ?

१७ फाल्गुन २०७३, मंगलवार ०२:१०

फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिर परिसरबाट पक्राउ परेका ती व्यक्तिले आफू इराकी शरणार्थी भएको दावी गरेका थिए । कारोबारमा खबर छ ।

प्रहरीले शरणार्थी परिचयपत्र देखाउन भनेपछि आनाकानी गर्दै उम्किएका उनी अहिले फरार रहेको लुम्बिनी क्षेत्र विकास कोषका सूचना अधिकृत खगेन्द्र काफ्लेले जानकारी दिए । प्रहरीसँग उनले आफ्नो नाम पनि भन्न अस्वीकार गरेका थिए ।

४०/४५ वर्ष उमेरका देखिने ती व्यक्तिले प्रहरी र कोषका अधिकारीसँग उर्दु, हिन्दी र सामान्य अंग्रेजी भाषामा संवाद गर्दै आफ्नो परिचयपत्र लिएर आउने भन्दै उम्किएका थिए । सुरुमा ती व्यक्तिले आफू भारतीय भएको बताएको काफ्लेले जानकारी दिए ।

तर, सोधपुछ बढाउँदै जाँदा इराकी शरणार्थी भएको बताएका थिए । रुपन्देहीको वेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो चार वर्षयता इराकी नागरिक वा इराकी शरणार्थी स्थलमार्गबाट प्रवेश गरेको अभिलेख छैन ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका इराकीको विवरण पनि अध्ययन गरिने जानकारी दियो । लुम्बिनी परिसरमा यसरी भिक्षुको आवरणमा रहेका व्यक्ति पक्राउ परेको पहिलो पटक हो ।

मायादेवी मन्दिर प्रवेश गर्नेमाथी कडाइका साथ सोधपुछ तथा खानतलासी नहुँदा कस्ता व्यक्ति आउँछन् भन्ने पनि यकिन गर्न कठिन हुने गरेको कोषका अधिकारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक