४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौंको वैकल्पिक विमानस्थल नागीडाँडामा, साढे तीन अर्व लागत

१८ बैशाख २०७५, मंगलवार १९:२०

वैशाख १९, काठमाडौँ | काठमाडौंमा हवाई चाप बढेपछी वैकल्पिक विमानस्थलको खोजि भएको छ । यसैको लागि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले मंगलबार बिमानस्थल बनाउन काभ्रेको बिभिन्न स्थानमा अवलोकन गरेको छ । मन्त्री सहितको टोलीले काभ्रेको ठुलीचौर र नागीडाँडा अवलोकन गरेको हो ।


अवलोकन पछि काठमाडौँबाट सबैभन्दा नजिक २५ किलोमिटरको दुरीमा पर्ने नागीडाँडा उपयुक्त हुने पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । काभ्रेकै ठुलीचौर काठमाडौँबाट टाढा पर्ने भएकाले मन्त्री अधिकारीले नागीडाँडा उपयुक्त हुने राय दिएका हुन् ।


नागीडाँडाबारे यस अघिनै अध्ययन भएको र परामर्शदाताले बुझाएको प्रारम्भिक प्रतिवदेनले नागीडाँडामा विमानस्थल बनाउन उपयुक्त भएको जनाएको थियो । प्रारम्भिक प्रतिवदेन अनुसार नागीडाँडामा बिमान स्थल बनाउँदा कम्तीमा ८ सय मिटर लामो धावन मार्गसहितको विमानस्थल बनाउन सकिनेछ भने बिमानस्थल निर्माण गर्न करिव तीन अर्ब लागत आवश्यक पर्छ । 


प्राविधिकहरुको सल्लाह अनुसार  नागीडाँडा सबैभन्दा उपयुक्त हुने बताउँदै गर्दा अहिलेनै यही स्थानमा बिमान स्थल निर्माण गर्ने बिषयमा भने टुंगो लागिसकेको छैन । यस बिषयलाई निष्कर्षमा पुर्याई बैकल्पिक विमानस्थल निर्माणको लागि मन्त्री अधिकारीले प्राधिकरणका पूर्वइन्जिनियर कमल केसीको संयोजकत्वमा एउटा कमिटी बनाउँदै छन् । सोहि टोलीले लिएको निर्णयको आधारमा मात्रै स्थान तोकेर बिमानस्थल निर्माणको काम सुरु गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता