2026-08-26 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अंग्रेजीमा एमएड गरेका शेर्पा पानिको मालिक

चिसाङ शेर्पा | वैशाख १९, खोटाङ | म खाशमा शिक्षक हुनपर्ने मान्छे हो । मैले पटकपटक भन्दै आएको छु, म अंग्रेजीमा एमएड गरेको मान्छे हुँ मेरो फ्याकल्टी अनुसार म अंग्रेजीको शिक्षक हुनुपर्ने मान्छे हो र, शिक्षक पनि हो । 

खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले आफ्नो यथार्थ सुनाउन थाले । ‘मैले आठ दशवर्ष अंग्रेजी पढाएको छु ।’

दिक्तेल वोर्डिङ स्कुलमा पाँचवर्ष, काठमाण्डौ किर्तिपुरको ल्याब्रोटरीमा डेढवर्ष र अंग्रेजीमा मास्टर्ड सकेर हिलसाईड स्याम्पल एकेडेमी खोलेर अढाई वर्ष प्रिन्सिपल चलाए । उहाँले भन्नुभयो, ‘मैले चाँहि खाशमा त्यही पेशा गर्नुपर्ने तर, शिक्षण मात्रै गरेर हुदैन । प्राईभेट विद्धालयमा दुईतीन सय विधार्थीलाई पाठ सिकाउथे होला ? मैले केही नयाँपन ल्याएर खोटाङमा केही गरेभने चाँहि दुई तीन सयको ठाउँमा दुईतीन हजारलाई पाठ दिन सकिन्छ कि भनेर प्रशोधित पिउने पानि व्यावसाय गर्न थाले मिरमिरे जलका प्रोपाईटर शेर्पाले बताए । अहिले सफल पनि भए ।

पानि सम्बन्धि मलाई केही ज्ञान थिएन । हरेक वस्तुको सिर्जना अभावबाट नै हुदो रहेछ । ‘खोटाङमा मिर्चैया, लाहान, काठमाण्डौको पानि ल्याएर बेच्नुपर्ने ? लिटरको ३५÷४० रुपैयाँमा दुध पाईन्छ । ताकि, त्यहाँको पानि यहाँ ल्याएर ३५÷४० रुपैयाँमा बेच्नुपर्ने हिजोका दिनमा पानि दुधभन्दा महंगो किन्नुपर्ने, आफैले तराईको पानि प्रतिलिटर ४० रुपैयाँमा किन्नुपर्ने स्थितीले सम्भावना खोज्दै गए । मसँग पानिको श्रोत पनि थियो, जोशजाँगर थियो, युवा थिए, गरेभने सक्छु भनेर लागे त्यहि ईच्छा शक्तिले सफलताको नजिक आए शेर्पाले भने, पानि दुधभन्दा महंगो भयो कम्तीमा अहिले त हामीले चियाभन्दा सस्तोमा पानि दिईरहेका छौ । दुधभन्दा महंगो पानि खरीद गर्नेलाई हामीले बजारमा प्रतिलिटर १५÷१६ रुपैयाँमा दिइरहेका छौ । यो समग्र खोटाङको ठूलो उपलब्धि हो ।

२०७३ सालदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल वातलमा खोटाङको ईतिहासमा पहिलोपटक पानी प्रशोधन उधोग शुरु गरेको उहाँको मिरमिरे जल दिक्तेल, नुनथला, जालपा, हलेसी, जयरामघाट, ओखलढुंगाको हर्कपुर, उदयपुरको घुर्मि, काठमाण्डौ र सवारी साधन पुग्ने विभिन्न स्थानहरुमा पुग्ने गरेको छ । अन्य मिनिरल वाटरको तुलनामा मिरमिरे जल अत्यादिक स्वादिलो पानि रहेको ग्राहकको भनाई छ । 

दिक्तेल, हलेसी, जयरामघाट प्रशोधित पानीको पहिलो व्यापरिक केन्द्र हो । प्रशोधित पानि अधिकांसले टाढाको शहरमा कोसेली स्वरुप पानि लाने गरेका छन् । १ लिटरका १२ वोतल हुने पानि प्रति कार्टुन २ सय रुपैयाँका दरले विक्री हुने गरेको छ । फागुन, चैत्र, बैशाख, जेठ, असार, साउन पिउने पानीको सिजन भएकाले वजारमा अत्याधिक मात्रामा  माग हुने गरेकोे छ । जिल्लामा विभिन्न औपचारिक कार्यक्रम हुंदा ह्वात्तै माग बढ्ने सञ्चालक तथा प्रोपाईटर शेर्पाले जानकारी दिए । 

बजार माग अनुसार उधोगमा बिहान १० बजेदेखी ४ बजेसम्म दैनिक १५० कार्टुन पानी बनाउँने गरेको प्रोपाईटर शेर्पाले बताउनुभयो । २०६० सालमा विवाह गर्नुभएका उहाँले यही पेशावाट स्थानिय स्तरका ७ जना कामदारलाई रोजगारी र ३ जना छोराछोरीलाई वोर्डिङ स्कुलमा पढाईरहेका छन् । शिक्षक हुनपर्ने मान्छेको अहिले दैनिकी उधोगमा हुन्छ ।

हप्तामा एकपटक उनको काम दिक्तेल, हलेसी, जयरामघाट, हर्कपुर, घुर्मि अर्डर अनुसारको पानी पु¥याउने काम हुन्छ । चक डस्टर, मार्कर पेन समाउने उनी अहिले एक हातले पानि दिने अर्को हातले पैसा लिने काममा ब्यस्त छन् । पानीवाट लाग्ने रोगहरुलाई निर्मुलन गर्ने मिनिरल वाटर वजारमा १ लिटरको वोतलमा विक्री भईरहेको छ । उधोगमा पर्यटकीय डाडाँ रुपाकोटको काखबाट पानि ल्याईएको छ ।

यसरी बन्छ मिरमिरे जल

दिक्तेल, हलेसी, जयरामघाट, हर्कपुर, घुर्मि मुख्य व्यापरिक केन्द्र रहेको पानी उधोगमा रहेको मेसिनमा विभिन्न चरण पुरा गरेर शुद्ध पानी बन्ने गर्दछ । प्राकृतिक मुहानवाट पानि ट्याङकीमा जम्मा हुने र रवर पम्पमा जाने गर्दछ । पहिलो चरणको फिल्टर गर्ने काम स्याण्ड भेजल मेसिनले गरेपछि कार्वन भेजलमा गएर पुनः फिल्टरगरी सफ्टनर भेजल मेसिनमा पठाउँने काम गर्छ ।

सफ्टनर भेजलमा आईसकेपछि नै पानी पिउनयोग्य हुन्छ । व्लु हाउजिङमा फिल्टर भएर आरओ सिष्टममा हुंदै आएको पानी २ वटा मेम्व्रेनमा जाने गर्दछ । मेम्व्रेन मेसिनले पुर्णतया शुद्ध बनाई सफा र फोहोर पानी छुट्याउने गर्दछ । छुटिएको सफा पानी युभि मेसिन (अल्ट्रा भाईलेण्ट) मा जाने र त्यसपछि ओजन आईजेसन दिने काम गरिन्छ । यसैगरी एसएस ट्याङकीमा जम्मा भएको शुद्ध पानी वोतलमा भर्ने काम हुन्छ । १ लिटर भरिएको पानीको वोतलमा लेभललिङ र कार्टुनमा प्याकगरी र्यापिङ गरेपछि पानी तयार हुन्छ ।

कसरी वन्छ वोतल

खोटाङकै ईतिहासमा खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा उत्पादित ‘मिरमिरे जल’ सप्लाईका लागि आवाश्यक वोतलसमेत उधोगमा बन्ने गर्दछ । लेभल वाहेक काठमाडौ पाटनवाट प्रिफर्म (वोतलका नमुना) आयातगरी उधोगमा आवाश्यक अनुसारको वोतल बनाईने गरिन्छ ।

उधोगको वाहिरपट्टि राखिएको कम्प्रेसरले व्लो मेसिनलाई हावा दिईरहेको हुन्छ, यता हिटर मेसिनमा प्रिफर्म तातिएको हुन्छ । तातिएको प्रिफर्म व्लो मेसिनमा राखेर वोतल फुलाउने काम गरिन्छ ।

उधोगलाई यस्तो छ समस्या

२०७१ सालमा कम्पनी दर्तागरी खोटाङ अक्वा मिनिरल वाटर उधोग सञ्चालन भईरहेका भए पनि समस्याका वावजुद काम गर्नु परेको उधोगको भनाई छ । शुद्ध पानी पिउनु भनेको निरोगी हुनु र पानीवाट सर्ने रोगको निर्मुलनगरी एक हिसावले राज्यलाई योगदान गरिएको तर, राज्यवाट पाउनुपर्ने सेवा सुविधा नपाएको उधोगका सञ्चालक फुर्वाको भनाई छ ।

उधोग सञ्चालनका लागि हाई भोल्टेज विधुत आवाश्यक हुने र विधुतका लागि पटकपटक विधुत कार्यालयलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उहाँको भनाई छ । वजारमा पानीको मागसंख्या वढ्दै जादा माग पुरा गर्न उधोगलाई ऊर्जाको अभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग