2026-09-16 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल

काठमाडौँ | इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन् ।

इन्टरनेटका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ‘एपीसिग २०२५’ नाम दिएको सम्मेलन यही असोज २१ देखि २४ गतेसम्म भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा १६ चरणमा छलफल कार्यक्रम भएका थिए भने २२ विज्ञ वक्ताहरूको विषयगत प्रस्तुति रहेको थियो ।

सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्तालगायत ३४ फेलोहरू सहभागी भएको उपाध्यक्ष वाकास हसनले जानकारी दिनुभयो ।

सम्मेलनमा विषय विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताले इन्टरनेटको सही र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउनसक्ने अवसर र चुनौती तथा त्यसको व्यवस्थापन, साइबर सुरक्षा, तथ्याङ्क सुरक्षा, सामाजिक सञ्जालको प्रयोग, व्यवस्थापन र नियमन, भ्रामक र प्रायोजित सूचनाको विकृति, इन्टरनेटमा पछाडि पारिएका समुदायको पर्याप्त पहुँच र प्रयोगलगायत विषयमा गहन प्रस्तुति रहेको र सहभागीका बीचमा व्यापक छलफल भएको सम्मेलनमा नेपालकोतर्फबाट सहभागी पत्रकार जीवन भण्डारीले जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागीले अन्य देशमा भइरहेका अभ्यास र अनुभवका आधारमा धेरै सिकाइ भएको पाकिस्तानकी सहभागी मार्यम रसिदले बताउनुभयो ।

सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मङ्गोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिङ्गापुर फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायतका २० भन्दाबढी देशका फेलो तथा वक्ताहरु सहभागी भएको इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिनुभयो ।

सहभागीलाई समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु