असार  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार 
१८ चैत्र २०८१, सोमबार
काठमाडौँ - KTM

बंगलादेशमा दुई दिने राष्ट्रिय शोक घोषणा

१९ असार २०७३, आईतवार ११:१६

असार १९, काठमाडौं । बंगलादेशको ढाकास्थित क्याफेमा भएको आतकंवादी आक्रमणपछि बंगलादेश सरकारले दुईदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा शनिबार भएको आक्रमणमा १७ विदेशीसहित २० जनाको हत्या भएको थियो ।

बंगलादेशको सेनाका प्रवक्ताले बताएअनुसार आइएसआइएस लडाकूहरुले बन्धक बनाइएका अधिकांशलाई धारिलो हतियारले रेटेर बिभत्स तरिकाले हत्या गरेका थिए । जवाफी कारबाहीमा ६ आतंकवादी मारिएको र एक जनालाई जिउँदै पक्राउ गरिएको थियो ।

आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता जनाइन् । उनले रमजान जस्तो पवित्र चाडका बेला मुस्लीम समुदायलाई नै हत्या गर्ने कस्ता मुसलमान हुन् भनेर प्रश्न गरिन् ।

हसिनाले भनिन्, ‘उनीहरु कस्ता खालका मुसलमान हुन् ? जसले रमजानको असल सन्देशको उल्लंघन गरे र हत्या गरे । जुन तरिकाले उनीहरुले हत्या गरे त्यो सैह्य छैन । उनीहरुको धर्म छैन । आतंकवाद नै उनको धर्म हो ।’

उनले आतकंवादी र हिंस्रक चरमपन्थीहरुको सफाया गर्नका लागि कुनै कसर बाँकी नराख्ने संकल्प पनि लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको प्रश्न : तपाईंहरू तोडफोड नगरी,मान्छे नमारी आएको हो ? कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित) पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली पूर्वराजालाई दिएको सबै सुविधा खोसौँ: योगेश भट्टराई कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍योः कांग्रेस महामन्त्री शर्मा १९ वर्षीया गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, हत्या गरी डोजरले खाल्डो खनी गाडेपछी.. पूर्वराजामाथि कारबाही हुनुपर्छ, हुन्छ: प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन एमालेको माग न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट देशभरका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै एमाले तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता पनि पक्राउ