<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/76693ace5a59abc0a375fb89dfa7e8b01491919618.jpg" style="float: left;"><b>चैत २९, धनकुटा । </b>महालक्ष्मी नगरपालिका–५ लेगुवाका १२ वर्षीय बालकको अरुण नदीमा डुबेर मृत्यु भएको छ । <br></p><p>आज अरुण नदीमा साथीसँग नुहाउन गएका ईश्वर बस्नेतको अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । राम मावि लेगुवा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बस्नेत अति गर्मी भयो भन्दै साथीसँग अरुण नदीमा नुहाउन गएको परिवारको भनाइ छ । </p><p>बस्नेत डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेको र घटनास्थल पुगेको प्रहरीले शवपरीक्षणका लागि धनकुटा जिल्ला अस्पतालमा पठाएको लेगुवा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बरुवालले बताउनुभयो । रासस </p>
April 11, 2017
काठमाडौँ - KTM, धनकुटा - DNK, समाज
नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु
By kit
2 मिनेट पढाइ










