साउन ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भाँडभैलो निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

देउवाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा एकजुट भएर लाग्न सांसादहरुलाई निर्देशन दिएका छन् ।

एमालेको चरित्र नै जहिलेपनि सत्तामा बसिरहने देखिदै आएको छ । माओवादीले समर्थन फिर्ता लिएपछि पनि राजीनामा नगरी प्रधानमन्त्री प्रजातान्त्रिक चरित्र, मूल्यमान्यता र आचरणविपरीत गएका छन्’, बिहीबार संसदीय दलको बैठकमा देउवाको भनाइ उदृत गर्दै एक सांसदले भने । – नयाँ पत्रिका