१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकर्णका युवालाई स्वरोजगारमूलक तालीम

६ पुष २०७७, सोमबार ०९:१४

पुस ६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौँ युनेस्कोको संयुक्त आयोजनामा नगर क्षेत्रका युवालाई स्वरोजगारमूलक तालीम दिइएको छ । गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक सामुदायिक वन क्षेत्रमा आयोजना गरिएको तालीममा मोबाइल मर्मतमा १८ र फर्निचरका सामग्री निर्माणमा १२ जना सहभागी भएका थिए । तीनमहिने तालीम लिएका प्रशिक्षार्थी स्वरोजगार बन्नसक्ने प्रमाणपत्र वितरण समारोहमा जानकारी दिइयो । 

प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पहिलो चरणमा प्रारम्भिक प्रशिक्षण लिएकालाई पुनर्ताजगी तालीमसमेत दिएर आत्मनिर्भर बनाइने प्रतिबद्धता जनाउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव बाबुराम अधिकारी, यज्ञडोल (जगडोल) सामुदायिक वन सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल, प्रशिक्षक डा सुमित अधिकारी लगायतले युवालाई स्वरोजगार दिनसके विदेश पलायन नहुने भएकाले यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

कोरोना भाइरसको महामारीका बेला तालीममा सहभागी भएको भन्दै युनेस्को काठमाडौँले चामल, दाल, तेल, नून, साबुनलगायत सामग्री राहतस्वरुप हस्तान्तरण गरेको थियो । फर्निचरका प्रशिक्षार्थीले सामुदायिक वन समूहलाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको दुई वटा यन्त्र उपयोग गरी काम गर्ने सो अवसरमा जानकारी दिइएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु