2026-06-20 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकर्णका युवालाई स्वरोजगारमूलक तालीम

पुस ६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौँ युनेस्कोको संयुक्त आयोजनामा नगर क्षेत्रका युवालाई स्वरोजगारमूलक तालीम दिइएको छ । गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक सामुदायिक वन क्षेत्रमा आयोजना गरिएको तालीममा मोबाइल मर्मतमा १८ र फर्निचरका सामग्री निर्माणमा १२ जना सहभागी भएका थिए । तीनमहिने तालीम लिएका प्रशिक्षार्थी स्वरोजगार बन्नसक्ने प्रमाणपत्र वितरण समारोहमा जानकारी दिइयो । 

प्रमाणपत्र वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पहिलो चरणमा प्रारम्भिक प्रशिक्षण लिएकालाई पुनर्ताजगी तालीमसमेत दिएर आत्मनिर्भर बनाइने प्रतिबद्धता जनाउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव बाबुराम अधिकारी, यज्ञडोल (जगडोल) सामुदायिक वन सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल, प्रशिक्षक डा सुमित अधिकारी लगायतले युवालाई स्वरोजगार दिनसके विदेश पलायन नहुने भएकाले यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

कोरोना भाइरसको महामारीका बेला तालीममा सहभागी भएको भन्दै युनेस्को काठमाडौँले चामल, दाल, तेल, नून, साबुनलगायत सामग्री राहतस्वरुप हस्तान्तरण गरेको थियो । फर्निचरका प्रशिक्षार्थीले सामुदायिक वन समूहलाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको दुई वटा यन्त्र उपयोग गरी काम गर्ने सो अवसरमा जानकारी दिइएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ