Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

भिजिट भिसामा दुबई जान लागेको व्यक्तिलाई १ हजार डलर दिने पक्राउ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा दुबई जान लागेका व्यक्तिलाई १ हजार अमेरिकी डलर दिने पक्राउ परेका छन् । सोमबार प्रहरीले स्याङ्जा वालिङ न.पा.वडा नं. ४ स्थायी भएका काठमाडौँको बसुन्धारा बस्ने हुम बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रको प्रहरी सहायता कक्षबाट गैह्र कानूनी रुपमा भिजिट भिसामा दुबई जान लागेका यात्रुलाई अबैध रुपमा अमेरिकी डलर १००० (एक हजार) दिन लिई आएको अवस्थामा नियन्त्रणमा लिएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।