११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

१५ माघ २०७७, बिहीबार १२:०७

माघ १५, काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । मङ्गलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.५५ बिन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको दुई करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर रु नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ बराबरको कारोबार भएको छ । बजार पुनः आज ओरालो लागेर करेक्सन भएको छ । बजार ओरालो लागे पनि बजार पूँजीकरण भने रु ३२ खर्ब ६६ अर्ब ७५ करोड ८२ लाख ४० हजार बराबर रहेको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । निर्जीवन बीमा ४१०.३९, उत्पादन १६७, लघुवित्त ८७.२४ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ४१.०८, व्यापार ४.९८, होटल २५.९६, विकास बैंक ४३.२५, जलविद्युत् २२.९१, वित्त १८.२, अन्य ११.०३, जीवन बीमा ४२.४७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा बिहीबार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५६ करोड ६३ लाख ९८ हजार ९९१ बराबरको कारोबार भयो । नेपाल पुनरबीमा कम्पनी रु ३१ करोड ५४ लाख १३ हजार ७७१, हिमालयन डिस्टिलरी रु ३१ करोड ५२ लाख ९७ हजार २०४, एनआइसि एशिया बैंक रु २८ करोड ४८ लाख ५१ हजार २१७, शिखर इन्स्योरेन्स रु २७ करोड चार लाख २३ हजार ४१५, नेपाल दूरसञ्चार कम्पनी रु २२ करोड ७६ लाख ८७ हजार ४९३, नेको इन्स्योरेन्स रु २२ करोड २२ लाख ३९ हजार ८३५, प्रभु बैंक रु २० करोड ५७ लाख ८७ हजार ८४७ र नेपाल बैंक लिमिटेडको रु २० करोड २९ लाख ४५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा छ ।

कारोबारका आधारमा सूर्योदय लघुवित्त १०, सगरमाथा इन्स्योरेन्स १०, सपर्वोट माइक्रो फाइनान्स ९.९८, आरम्भ चौचारी लघुवित्त ९.९७, प्रभु लाइफ इन्स्योरेन्स ९.९७, सारथी नेपाल लघुवित्त ९.४७, हिमालयन डिस्टिलरी ८.८७ र गरिमा विकास लघुुवित्तका लगानीकर्ताले ८.५९ प्रतिशतले कमाए । सिदार्थ इक्विटी फण्ड ६.७८, हिमालयन पावर पार्टरन ६.२९, गुडबिल फाइनान्स ५.९७, मिथिला लघुवित्त वित्तीय संस्था ५.८२, गुराँस लघुवित्त ५.७७, सानिमा इक्विटी फण्ड ४.८४, प्रोगेसिभ फाइनान्स ४.७९ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह