२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०७७, १५ माघ बिहीबार १२:०७

माघ १५, काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । मङ्गलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.५५ बिन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको दुई करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर रु नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ बराबरको कारोबार भएको छ । बजार पुनः आज ओरालो लागेर करेक्सन भएको छ । बजार ओरालो लागे पनि बजार पूँजीकरण भने रु ३२ खर्ब ६६ अर्ब ७५ करोड ८२ लाख ४० हजार बराबर रहेको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । निर्जीवन बीमा ४१०.३९, उत्पादन १६७, लघुवित्त ८७.२४ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ४१.०८, व्यापार ४.९८, होटल २५.९६, विकास बैंक ४३.२५, जलविद्युत् २२.९१, वित्त १८.२, अन्य ११.०३, जीवन बीमा ४२.४७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा बिहीबार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५६ करोड ६३ लाख ९८ हजार ९९१ बराबरको कारोबार भयो । नेपाल पुनरबीमा कम्पनी रु ३१ करोड ५४ लाख १३ हजार ७७१, हिमालयन डिस्टिलरी रु ३१ करोड ५२ लाख ९७ हजार २०४, एनआइसि एशिया बैंक रु २८ करोड ४८ लाख ५१ हजार २१७, शिखर इन्स्योरेन्स रु २७ करोड चार लाख २३ हजार ४१५, नेपाल दूरसञ्चार कम्पनी रु २२ करोड ७६ लाख ८७ हजार ४९३, नेको इन्स्योरेन्स रु २२ करोड २२ लाख ३९ हजार ८३५, प्रभु बैंक रु २० करोड ५७ लाख ८७ हजार ८४७ र नेपाल बैंक लिमिटेडको रु २० करोड २९ लाख ४५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा छ ।

कारोबारका आधारमा सूर्योदय लघुवित्त १०, सगरमाथा इन्स्योरेन्स १०, सपर्वोट माइक्रो फाइनान्स ९.९८, आरम्भ चौचारी लघुवित्त ९.९७, प्रभु लाइफ इन्स्योरेन्स ९.९७, सारथी नेपाल लघुवित्त ९.४७, हिमालयन डिस्टिलरी ८.८७ र गरिमा विकास लघुुवित्तका लगानीकर्ताले ८.५९ प्रतिशतले कमाए । सिदार्थ इक्विटी फण्ड ६.७८, हिमालयन पावर पार्टरन ६.२९, गुडबिल फाइनान्स ५.९७, मिथिला लघुवित्त वित्तीय संस्था ५.८२, गुराँस लघुवित्त ५.७७, सानिमा इक्विटी फण्ड ४.८४, प्रोगेसिभ फाइनान्स ४.७९ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली