Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २६, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली– २०७८ जारी गर्दै स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएको हो।

यसअघि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था थियो। विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन नपर्ने विनियमावलीमा व्यवस्था गरिएको छ।

कम्पनीले कमाएको नाफा पनि सहज ढंगले लैजान पाउने छन्। तर विदेशी ऋण लिनका लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्छ। ऋण बैंकिङ माध्यमबाट भित्र्याउनुपर्ने सर्त विनियमावलीमा राखिएको छ।

लगानी भित्रिएपछि बैंकमा लेखांकन गर्नुपर्छ। अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखा परीक्षण प्रतिवेदन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।