दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला स्थित फोतु गाविस वडान ५ का ४१ बर्षिय नन्दबीर नेपालीको गोठमा २० वटा बाख्रा छन् । पहिले एउटा पनि बाख्रा नभएका नन्दबीर २० वटा बाख्रा पाल्न पाउँदा सार्है खुशी छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला स्थित फोतु गाविस वडान ५ का ४१ बर्षिय नन्दबीर नेपालीको गोठमा २० वटा बाख्रा छन् । पहिले एउटा पनि बाख्रा नभएका नन्दबीर २० वटा बाख्रा पाल्न पाउँदा सार्है खुशी छ"/>
2026-09-08 11:27 AM
कृषि गतिबिधी

बाख्रापालनबाट आयस्तरमा सुधार

दानबहादुर बुढा | साउन ८, मुगु | जिल्ला स्थित फोतु गाविस वडान ५ का ४१ बर्षिय नन्दबीर नेपालीको गोठमा २० वटा बाख्रा छन् । पहिले एउटा पनि बाख्रा नभएका नन्दबीर २० वटा बाख्रा पाल्न पाउँदा सार्है खुशी छन् । 

जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको सामाजिक परिचालन र गरिबी निबारण कोषको आर्थिक सहयोगमा गठन भएको हिमाली महिला सा स बाट बि स २०६८ सालमा नन्दबीरले २५ हजार ऋण लिए बाख्रापालन ८ वटा बाखा्र किनेर उनले बाख्रापालन गरेका थिए ।

हरेक बर्ष बाख्रा ब्याउदै गएपछि आजभोली उनको गोठमा २० वटा बाख्रा भएको छ । बाख्रा पालन बाट उनले धेरै फाईदा गरेका छन् ।  अहिले सम्म उनले ८ वटा खसी बिक्री गरि सकेका छ । उक्त खसी बेचेर नन्दबीर करिव ३५ हजार भन्दा माथि पैसा कमाउन सफल भएका छन् । 

समुहबाट लिएको २५ हजार ऋण पनि सबै तिर सकेका छन् । उनको जमिन जग्गा कम भएको हुदा बाख्रा बेचेर अनज किन्दै जिविको निर्बाह गर्दै आएका छन् । बाख्रा बेचेर कमाएको केही पैसाले घरका बालबच्चा पढाउने लत्ता कपाडा जुत्ता चप्पल किन्ने गरेका छन् । 

गरिबी निबारण कोषले मलाई धेरै उत्थान गरयो नन्दबीरले भने पहिले मेरो गोठमा एउटा पनि बाख्र थिएन अचेक २० वटा छन् । नन्दबीरले भने सबै बाखा्र बेच्यो भने कम्तीमा डेढ लाख पैसा कमाई हुन्छ अरु ब्याबसाय छोडेर बाख्रा पालनतिर लाग्ने उनको भनाई छ । 

बाख्रा राख्ने गोठपनि आधुनिक बनाएका छन् । बेला बेला बाख्रा लाई औषधि उपचार खुरेदको सुई पनि लगाउने गरेका छन् । बाख्रापालनले गर्दा उनको कमाई राम्रो भएपनि गाउका अन्य समुदाय पनि उनी प्रति आक्रसित भएका छन् । उन्नत बाख्रा उत्पादनको लागि छिमेकी जिल्ला हुम्लामा पुगेर एउटा बोका पनि आफै किन्न सफल भएका छन् । 

उनले किनेर ल्याएको बोका बाट पनि उन्नत जातका बाख्रा उत्पादन हुन थालेका छन् । बाखा्रपालन बाट आयआर्जनमा परिर्वतन मात्र नभएर गोठे फल उत्पादन हुदा बाली पनि सप्रिन थालेको छ । पहिले गोठेमल अर्का संग माग्दै आएका उनी आजकाल गोठमल आफनो जग्गा जमिनमा हालेर बा“की रहेको मल गाउलले लाई सहयोग गर्दै आएका छन् । गरिबी निबारण कोष कार्यक्रमले गर्दा गरिब तथा बिपन्न परिवारको जिवनस्तरमा परिवर्तन आएको जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धानका अध्यक्ष पदमबहादुर रावलले बताए ।             

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो