Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

इन्जिनियरिङमा एक जना सहित सहसचिवमा बढुवाका लागि २६ जनाको नाम सिफारिस !

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १, काठमाडौँ |&nbsp;</b>सरकारले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवबाट २७ जना राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवमा बढुवाका सिफारिस गरेको हो।<br></p><p>बढुवा सिफारिस समितिको एक बैठकले नेपाल प्रशासन सेवातर्फ ९० जना उम्मेदवारबाट ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो। यस्तै प्राविधिकतर्फ कार्यक्षमता तथा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल कृषि सेवाका ३३ जना सम्भावित उम्मेदवार ८ जनालाई उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको बढुवा सिफारिस समितिले जनाएको छ।</p><p>यस्तै बढुवा सिफारिस समितिले प्राविधिक सेवातर्फ ११ जना सम्भावित उम्मेदवारबाट नेपाल इन्जिनियरिङ सेवामा एक जनालाई राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतबाट राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवबाट बढुवा गर्ने निर्णय गरेको छ।</p>