२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधानविपरीत समिति गठन गरिएकामा आपत्ति

३ माघ २०७८, सोमबार १०:२०

माघ ३, काठमाडौँ | नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

समितिका अध्यक्षहरूले आज सामूहिकरुपमा एक विज्ञप्ति जारी गरी महासङ्घको तिलौराकोटमा सम्पन्न बैठकले सङ्घीयताको मर्म र भावनाविपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरी विधानविपरीत समिति गठन  खोजिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।

राज्यका विभिन्न निकायलाई सङ्घीयता कार्यान्वयन गराउनका लागि बारम्बार प्रश्न उठाउने पत्रकारको साझा संस्था महासङ्घले नै प्रदेश समितिलाई अङ्कुश लगाउने गरी समिति गठन गरेमा आफूहरूलाई मान्य नहुने महासङ्घ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो । 

विधान बाहिर गइ गरिने कुनैपनि कार्यमा आफूहरुको साथ र सहयोग नरहने उहाँको भनाइ थियो ।

यसरी विज्ञप्ति जारी गर्नेमा महासङ्घको प्रदेश १ का लीलाबल्लभ घिमिरे, प्रदेश २ का राजेश कर्ण, वाग्मती प्रदेशका शिव देवकोटा, गण्डकी प्रदेशका नारायण शर्मा, सुदूरपश्चिम प्रदेशका योगेश रावल, उपत्यका प्रदेशका सृजन झा, प्रतिष्ठान प्रदेशका अधिकारी र एशोसिएट प्रदेशका बैकुण्ठ पराजुली हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै