९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबाट बाहिरिन लागेको हो रास्वपा ?

१९ माघ २०७९, बिहीबार ०९:३८

माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । सरकारबाट बाहिरिने संंकेत दिएको रास्वपाको बैठक दिउँसो ३ बजे बस्दै छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न बैठक बोलाइएको हो,’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने ।
सरकारबाट बाहिरिन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘बैठकमा छलफल हुन्छ ।’ उनले सरकारबाट बाहिरिने या बस्ने स्पष्ट पारेनन् । तर, बैठकमा सबै सदस्यको धारणा लिएर ठोस निर्णय गर्ने रास्वपाको तयारी छ । स्रोतका अनुसार बैठकले सरकारबाट बाहिरिने वा बस्ने निर्णय लिनेछ ।

बैठक बस्नुअघि सभापति लामिछानेले गरेको ट्वीटले पनि त्यस्तै संकेत गर्छ । उनले समाजाकि सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला ।’ मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’
गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रविले गृह नपाए सरकारबाट बाहिरिने सन्देश दिएका थिए । राहदानी विवाद नटुंगिएको र अदालतको पूर्णपाठ नआएसम्म रास्वपालाई गृह नदिने अडानमा प्रधानमन्त्री  प्रचण्ड छन् । एमाले अध्यक्ष केपी ओलीलेसमेत रास्वपालाई गृह दिन दबाब दिए पनि प्रधानमन्त्री प्रचण्ड मानेका छैनन् । 
बिहीबार मोरङ पुगेर समेत अध्यक्ष ओलीले पूर्वसहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउने बताएका छन् । ‘सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउँछ,’ उनले भने, ’गृह मन्त्रालय नदिँदा विवाद हुनु स्वाभाविक हो ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो