२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अबको एक वर्ष मन्त्री होईन महामन्त्री भएर काम गर्छुः गगन थापा

२०७९, २६ फाल्गुन शुक्रबार ०६:४६

फागुन २६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सम्मेलित सरकारमा तत्काल आफू मन्त्री भएर सरकारमा सहमागी नहुने बताएका छन् ।

नेपाल विधार्थी संघ(नेविसंघ)ले स्वतन्त्र विधार्थी युनियनको पूर्व सन्ध्यामा आयोजना गरेको ‘संकल्प सभा’ कार्यक्रमको बोल्दै उनले पुस १० गते भएको राजनीतिक दुर्घटना सम्हाल्नका लागि भएपनि अवको केही दिनमै नेपाली कांग्रेस सम्मेलित सरकारको निर्माण हुने र तत्काल आफू सरकारमा सहमागी नहुने बताएका हुन् । कसको नेतृत्वमा सरकारमा जाने र को–कसलाई मन्त्री बनाउने भन्नेबारे पार्टीगत छलफल सुरु हुने बताए ।

उनले भने, ‘अवको केहि दिनमा नेपाली कांग्रेस सम्मेलित सरकार बन्छ । कति जना साथीहरुले तपाई मन्त्री बन्नुपर्छ भनेर भनिरहेका छन् । तर, हामी छलफलबाट योग्य साथीहरुलाई सरकारमा पठाउँदै विश्वप्रकास शर्मा र गगनथापा कम्तिमा पनि एक बर्ष मन्त्री भन्दा नेपाली कांग्रेसको महामन्त्री बनेर काम गर्नेहो ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता राचमन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु नेविसंघसहित कांग्रेसको लागि महत्वपूर्ण परिणाम आएको जनाउदै उनले योग्य नेतृत्वलाई सरकारमा पठाईने बताए ।

आफूसँग जनताको धेरै अपेक्षा र जिम्मेवारी रहेकाले अवको एक वर्ष पार्टीगत सुधारका काममा लाग्ने उनको भनाई रहेको छ । स्वविय निर्वाचनको काम, तरुण दलको काममा समेत आफ्नो सहयोग रहने जनाउँदै संगठनलाई जिवन्त राख्न आफू तयार रहेको उनले बताए ।

पार्टीको तल्लो तहदेखि पार्टीगत सुधारका लागि चाँडै काम सुरु गर्ने बताउदै उनले कार्यकारी पद भन्दा माथी उठेर राजनीतिक विश्वासको भरमा नचुक्ने उनको भनाई छ ।

उनले भने, ‘नेपाल विद्यार्थीसंघ, तरुण दल, महिला संघ लगायत जतिपनि भातृ संगठन, विभागहरु लगायत पार्टीलाई एक ढिक्कामा राख्नुपर्ने कुराहरुमा सभापतिलाई मनाउनु पर्ने ठाउँमा मनाउने, अनसन नै बस्नुपर्ने भए सभापतिको अगाडी अनसन नै बस्नुपरेपनि संगठनको लागि केहि गर्ने हो ।’

ठूलो संगठन भएकाले स्ववियु निर्वाचनक्रममा गर्र्नुपर्ने कतिपय तालमेल गर्नुपर्ने ठाउँमा तालमेल गर्ने र कतिपय गुमाउनु पर्ने ठाँउमा गुमाएरपनि जुनबेला संगठनले निर्णय गर्छ त्यो समयमा एकजुट निर्णयलाई स्विकार गरेर अगाडी बढ्न समेत उनले निर्देशन दिए । संगठनमा लागेकाहरुले संगठन भित्रका मत मतान्तरलाई छाडेर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति