आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Posted on: 07 Sep, 2023

भदौ २१, काठमाडौं | नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । तिजको समयमा पनि सुनको मूल्य बढ्नुको साटो घट्दै गएको छ ।

यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!