राष्ट्र बैंकले बजारमा ल्यायो आजदेखि २० रुपैयाँको नयाँ नोट

Posted on: 06 Oct, 2023

असोज १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो । 

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ । 

नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ । 

हेर्नुहोस सूचना :


यस बिषयमा तपाइको प्रतिक्रिया...!