हालसम्मकै उच्च भएको सुनको मूल्य आज सोमबार घट्यो, तोलाको कति?

Posted on: 30 Oct, 2023

कात्तिक १३, काठमाडौँ | आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार केही घटेको छ ।

आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!