गुणस्तरहिन दुध बेच्दै सरकारी स्वामित्वको डिडिसि, उपभोक्ताहरु आक्रोशित

Posted on: 17 Oct, 2016

कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहानै पुगिन । 

बिराटनगर  दूध बिकास संस्थाले उत्पादन गरेको दूध बेलैमा सुधार नगर्दा उपभोक्ताहरु आक्रोसित हुन थालेका छन । डिडिसीको दूधमा सोडा र कोलिफर्म (दिसामा हुने हानिकारक जीवाणु) को मात्रा शून्य हुनुपर्छ । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसीको पहिलो प्याकेटको दूध परीक्षण हुँदा कोलिफर्म र प्रतिमिलिमिटर १५० सिएफयू भेटिएको थियो । तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र आठ प्रतिशत चिल्लोबाहेकको ठोस पदार्थ (एसएनएम) हुनुपर्ने मापदण्ड रहन्छ ।

डिडिसीको दोस्रो प्याकेटको परीक्षणमा दूधमा फ्याट दुई प्रतिशत, एसएनएम ७.६ प्रतिशत मात्रै भेटियो । तेस्रो प्याकेटको परीक्षणमा फ्याट २.८ प्रतिशत र एसएनएम ७.७ प्रतिशत मात्रै देखियो । चौथो प्याकेट परीक्षणमा खाने सोडा (सोडिएम बाई कार्बोनेट) भेटियो, जुन राख्न बन्देज छ ।

चिल्लो र ठोस पदार्थ तोकिएभन्दा कम राख्नु ठगी भएको खाद्य विभागले जनाएको छ । विभागले फरक फाइल बनाएर डिडिसीलाई कारबाही गर्न काठमाडौं प्रशासनमा मुद्दा दायर गर्यो । तर, काठमाडौं प्रशासनले क्रमश पाँच हजार, दुई हजार, दुई हजार र नौ हजार रुपैयाँ जरिवाना मात्र तिराएर छाडेको भन्दै उपभोक्ताहरू आक्रोसित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!