नेप्से परिसूचक २७ अंकले घट्यो

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबा २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । 

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर छ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!