गिरान्चौर बस्ती आउँदो १२ गते राष्ट्रपतिले उद्घाटन गर्दै हस्तान्तरण गरिने

Posted on: 26 Oct, 2016

गोपिकृष्ण चापागाई/ कात्तिक १०, काठमाडौं ।


धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गिरान्चौर नमुना बस्ती' यहि आउँदो कात्तिक १२ गते हस्तान्तरण गरीने भएको छ । एक बिशेष कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी बस्ती हस्तान्तरण गर्न लागिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । 

जम्मा ६५ घर धुरी रहेको यस बस्तीमा राष्ट्रपतिसँगै बरिष्ठ हास्यकलाकलार मदनकृष्ण श्रेष्ठ एवं हरिवंश आचार्य (मह जोडी) ले 'ब्लक ए', धुर्मुस सुन्तलीको बुवा आमाले 'ब्लक बी' र सम्माननीय राष्ट्रपति ज्युले 'ब्लक सी' सँगै अन्य सम्पूर्ण संरचनाको तालाचाबी गिरान्चौरबासीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । 

गिरान्चौर नमुना बस्ती गएको वैशाख २९ गतेदखि निर्माण कार्य सुरु भएको थियो । देश विदेशमा रहेका सहयोगी हातको साथबाट फाउण्डेशनले ५ महिनामा नै बस्ती  निर्माण गरी हस्तान्तरण गर्न लागेको हो । यस अघि दशैंको घटस्थापनामा हस्तान्तरण गरीने भनिएता पनि निर्माणकार्य नसकिएकाले फाउन्डेसनले क्षमा माग्दै १२ गते का लागी हस्तान्तरण मिति तय गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!