मोरङमा आठ करोडको खानेपानी योजना निर्माण हुँदै

Posted on: 04 Dec, 2016

मंसिर १९, मोरङ । मोरङको केरौन–१ स्थित मानेचोकमा रु आठ करोडको लागतमा एक लाख ५० हजार लिटर क्षमता भएको खानेपानी आयोजना निर्माण भइरहेको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङ र खानेपानी तथा सरसफाइ मन्त्रालयको सहयोगमा रु आठ करोडको लागतमा आयोजना निर्माण भइरहेको हो । 

चार कट्ठा जमिन खरिद गरेर २०७१ सालबाट काम गरेको केरौन कालीकोसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजकुमार राईले बताउनुभयो । 

केरौन गाविसको १, २ र ३ नं वडाका दुई हजार २०० घरधुरीलाई लक्षित गरेर योजना सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो । 

खानेपानी डिभिजन कार्यालय विराटनगरबाट रु २२ लाख ४२ हजार गरी जम्मा रु ५४ लाख ४२ हजार खर्च भइसकेको र यस आव २०७३/७४ मा नियमित बजेट रु ४० लाख विनियोजित भइसकेको समितिले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!