फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Posted on: 02 Mar, 2021

फागुन १८, काठमाडौं । नेपाल आयल निगमले सोबार मध्ये राति देखि लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ २५ रुपैयाँ बढाएको हो ।

योसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फआन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८९३ रुपैयाँ कायम भएको नेपाल आयाल निगमले जनाएको छ ।

निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढाए पनि निगमलाई पाक्षिकरुपमा १३२ करोड घाटा हुने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!