नेप्से परिसूचक १८ अंकले घट्यो, सबै समूह राताम्मे

Posted on: 09 May, 2021

वैशाख २६, काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव ५६ अंकले घटेर २ हजार ६१८ दशमलव ५६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्तामे भएका छन् । आज ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज २ सय १९ वटा कम्पनीको शेयर कारोबार भएको छ ।

एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २८ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । कुमारी बैंकको २८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २ दशमलव २४ प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको २४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कमपनीको शेयर मुल्य ५५ रुपैयाँले घटेको छ । हाइड्रो यलेक्टीसिटि एण्ड इन्भेष्टमेन्टको २३ करोड ९४ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ रुपैयाँले घटेको छ ।

आज शेयर बजार घटेपनि ४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!