जेठ ७, काठमाडौँ । भारतको छत्तीसगढ राज्यको कवर्धामा सोमबार भएको एक सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य १०/१२ जना घाइते भएको बताइएको छ ।
बहपानी इलाका नजिक पिकअप गाडी सडकबाट अनियन्त्रित भएर २० फिट गहिरो खोँचबाट खसेर सडकमा झरेको थियो । पिकअपमा २५ देखि ३० जना सवार रहेको बताइएको छ ।
पिकअप पल्टिँदा घटनास्थलमै १४ जनाको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय र स्थानीयहरूको मद्दतमा घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा अन्य ४ जनाको मृत्यु भएको थियो । थप ४ जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा १४ जना महिला भएको बताइएको छ । बैगा आदिवासीहरू जङ्गलबाट तेन्दूपत्ता टिपेर आफ्नो गाउँ फर्किरहँदा दुर्घटना भएको बताइएको छ ।