२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

२०८१, ६ जेष्ठ आईतवार १२:०७

जेठ ६, काठमाडौँ । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका छन् । 

गान्ट्जले प्रधानमन्त्रीसँग यसका लागि जुन ८ सम्मको समयसीमा रहेको चेतावनी दिदै कट्टरपन्थीको बाटो रोजेमा मन्त्रिपरिषदले विद्रोह गर्ने बताएका हुन् ।


गान्ट्जले भने, 'अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको युद्धले आफ्नो उद्देश्य गुमाउँदैछ। इजरायली सेनाले रणभूमिमा आफ्नो शक्ति देखाउँदै छ, तर उनीहरूलाई पठाउने केही मानिसहरू कायर बनेका छन् र आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् ।' 

इजरायली बन्धकहरू हमासको सुरुङमा नरकजस्तो वातावरणमा बाँचिरहेका छन् तर केही राजनीतिज्ञहरू आफ्नो बारेमा मात्रै सोचिरहेको उनले बताए ।

टाइम्स अफ इजरायलका अनुसार गान्ट्जले युद्धको सन्दर्भमा ६ बुँदे योजना पनि बनाएको छ । यसले बन्धकहरूलाई घर फर्काउने, हमासको शक्ति समाप्त गर्ने र गाजा पट्टीबाट सेना हटाउने बारे कुरा गर्छ। यसबाहेक अमेरिका, युरोप, अरब र प्यालेस्टिनी प्राधिकरणको सहयोगमा गाजामा नयाँ प्रशासन सुरु गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस