२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायली प्रधानमन्त्री नेतन्याहुको संकट बढ्दै, युद्ध क्याबिनेटमा विद्रोहको चेतावनी

६ जेष्ठ २०८१, आईतवार १२:०७

जेठ ६, काठमाडौँ । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका छन् । 

गान्ट्जले प्रधानमन्त्रीसँग यसका लागि जुन ८ सम्मको समयसीमा रहेको चेतावनी दिदै कट्टरपन्थीको बाटो रोजेमा मन्त्रिपरिषदले विद्रोह गर्ने बताएका हुन् ।


गान्ट्जले भने, 'अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको युद्धले आफ्नो उद्देश्य गुमाउँदैछ। इजरायली सेनाले रणभूमिमा आफ्नो शक्ति देखाउँदै छ, तर उनीहरूलाई पठाउने केही मानिसहरू कायर बनेका छन् र आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् ।' 

इजरायली बन्धकहरू हमासको सुरुङमा नरकजस्तो वातावरणमा बाँचिरहेका छन् तर केही राजनीतिज्ञहरू आफ्नो बारेमा मात्रै सोचिरहेको उनले बताए ।

टाइम्स अफ इजरायलका अनुसार गान्ट्जले युद्धको सन्दर्भमा ६ बुँदे योजना पनि बनाएको छ । यसले बन्धकहरूलाई घर फर्काउने, हमासको शक्ति समाप्त गर्ने र गाजा पट्टीबाट सेना हटाउने बारे कुरा गर्छ। यसबाहेक अमेरिका, युरोप, अरब र प्यालेस्टिनी प्राधिकरणको सहयोगमा गाजामा नयाँ प्रशासन सुरु गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले