नेको ईन्स्योरेन्सको खुद नाफा ४५.५७ प्रतिशतले बढ्यो

Posted on: 10 May, 2021

वैशाख २७ काठामाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेको ईन्स्योरेन्सको खुद नाफा ४५.५७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनिले २४ करोड १० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिको खुद नाफा बढेर ३५ करोड ९ लाख पुगेको हो । 

त्यस्तै कम्पनीको लगानी ऋण र अन्यको आय  ६०.९९ प्रतिशतले बढेर ११ करोड १ लाख  पुगेको छ । कम्पनिको  ईन्स्योरेन्स फण्डमा १ अर्ब पुँजी रहेको छ । त्यस्तै कम्पनिले महाविपत्ति जगेडा कोषमा ९ करोड ६८ लाख रुपैँया राखेको छ भने पुनर्बिमा कमिसन आय १६ करोड ४७ लाख रहेको छ 

१ अर्ब ३१ करोड ७४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ६८ करोड २३ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी  २४.४०  बाट बढेर ३५.४२ रुपैयाँमा पुगेको छ भने प्रति शेयर नेटवर्थ १९३.२१ बाट बढेर २३५.५९ रुपैयाँमा पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!