नेप्से बढ्दा कारोबार रकम घट्यो, तीन कम्पनीको सेयरमा सर्किट

Posted on: 10 May, 2021

वैशाख २७, काठमाडौँ । सोमबारको नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशतले बढी हो ।

परिसूचकमा दोहोरो अंकको सुधार देखिएको बजारमा कारोबार रकममा भने गिरावट देखिएको छ । सो दिन ४ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ९४ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन अर्थात आइतबारको बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

२१८ कम्पनीको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १४९६ रुपैयाँ रहेको छ ।

सोमबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार २५० रुपैयाँमा पुगेको छ । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत र रुरु जलविद्युत परियोजनको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ४४१ रुपैयाँमा झरेको छ । सोमबार कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३४६ अंकले बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!