अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने

Posted on: 11 May, 2021

 वैशाख २८, काठमाडौँ । अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ्ग गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त भुक्तानी कार्य गर्ने संस्थाहरूलाई नेपाल क्लियरिङ्ग हाउसले इलोक्टोनिक माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खर्च वा जम्मा गर्ने रकमको अन्तिम सारांश बैंकको बैंकिङ कार्यलयमा पठाउने समय परिवर्तन गरे पछि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको हो । 

जसअनुसार आईतबार देखि विहिबार सम्म नियमित क्लियरिङ्ग सत्रका लागि नेट क्लियरिङ्ग पोजिसन प्राप्त गर्ने समय दिउँसो ३ बजे र सेटलमेन्ट हुने समय दिउँसो ३:१० बजे रहेको छ । त्यस्तै पहिलो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय बिहान ११:३० बजे र सेटलमेन्ट हुने समय बिहान ११:४० बजे रहेको छ । त्यस्तै दोस्रो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय १२:३० सम्म र सेटलमेन्ट हुने समय दिउँसो १२:४० सम्म रहेको छ । 

त्यस्तै शुक्रबार भने नियमित क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय दिउँसो १२:३० बजे र सेटलमेन्ट हुने समय १२:४० सम्म रहेको छ । साथै एक्सप्रेस क्लियरिङ्ग सत्रमा चेक प्राप्त गर्ने समय दिउँसो ११:३० बजे र सेटलमेन्ट हुने समय दिउँसो ११:४० बजे रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!