नेप्से २७ अंकले बढ्दा ५ अर्ब ८१ करोडको कारोबार

Posted on: 11 May, 2021

वैशाख २८, काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक २७ दशमलव ४७ प्रतिशतले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय २० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

व्यापार समूहको परिसूचक ५.७९ प्रतिशतले बढेको छ । त्यसपछि म्यानुफ्याक्चरिङ र अन्य समूहमा सबैभन्दा बढी दरमा वृद्धि भएको छ । अन्य समूहका परिसूचक २.५३ प्रतिशतले बढेको छ म्यानुफ्याक्चरिङ समूहको परिसूचक २.४२ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको परिसूचक १ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।


बोटलर्स नेपालको सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ प्रति कित्ता कायम भएको छ । रु रु जलविद्युत् कम्पनीको सेयर भाउ ९ दशमलव ९७ प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्स र समता लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार मूल्य पनि बढेको छ । यस दिन ५ अर्ब ८१ करोड रुपैयाँ सेयर कारोबार भएको छ । ६२ हजार ६५९ पटकको कारोबारमा १ करोड ८ लाख कित्ता सेयर किनबेच भएको छ ।

विशाल बजार कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको छ । ५४४ रुपैयाँले घटेर विशाल बजार कम्पनीको सेयर मूल्य ४ हजार ८९७ रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!