सुनको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?

Posted on: 14 May, 2021

वैशाख ३१, काठमाडौं । आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहिबार तोलाको ९१ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत रहि  ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुन पनि यथावत रहेर ९१ हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ५ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४० रुपैयाँ कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!