सुनको भाउ तोलाको ६ सय रुपैयाँ बढ्यो

Posted on: 18 May, 2021

जेठ ४, काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ।

सोमबार पनि सुनको भाउ तोलाको ३ सय रुपैयाँले बढेको थियो। चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ बढ्दो क्रममा छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १८६८.१८ डलर र चाँदी प्रति औंस २८.४७ डलरमाा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!