आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै, कहाँ कहाँको लागि हुँदैछ उडान ?

Posted on: 18 May, 2021

जेठ ४, काठमाडौं । निषेधाज्ञापछि आज सबैभन्दा धेरै अन्तर्राष्ट्रिय उडान हुँदैछन्। त्रिभुवन विमानस्थलका अनुसार कार्गो र यात्रुवाहक चार्टर्ड उडानसहित ११ उडान हुँदैछन्।

मंगलबार सबैभन्दा धेरै उडान हिमालय एयरलाइन्सले गर्दैछ। बिहानै चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाजले साउदी अरबको दमाममा ३ उडान गर्दैछ। त्योसँगै चीनको कुनमिङमै थप दुई उडान गर्नेछ।

त्यसैगरी नेपाल एयरलाइन्सले पनि ४ उडान गर्दै छ। दुई उडान चीनको बेइजिङमा र दुई उडान साउदी अरबको दमाममा गर्दैछ। हिमालय र नेपाल एयरलाइन्सले काठमाडौंबाट साउदी अरबमा भारतीय नागरिक बोकेर जान लागेका हुन्।

नेपालस्थित भारतीय दूतावासको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सलाई १० वटा चार्टर्ड उडान अनुमति दिएको छ। जसले नेपालमा रहेका करिब २ हजार भारतीयलाई साउदी अरब लैजानेछन्। हिमालयले ३ उडान अनुमति पाएको छ भने नेपाल एयरलाइन्सले ७ वटा उडान अनुमति पाएको छ।

त्यसबाहेक आजै रसियन एयरलाइन्सले मस्को–काठमाडौं उडान गरी रसियन नागरिक काठमाडौंबाट लगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!