शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २७९३.८४ विन्दुमा

Posted on: 18 May, 2021

जेठ ४, काठमाडौँ ।  शेयर बजारमा नेप्से परिसूचकले मंगलबार नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८४ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको थियो ।


मंगलबार २१५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर ११अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबार  कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १ उपसमूहको सूचक नकारात्मक देखिएको छ । 

मंगलबार कारोबारमा उत्पादनमुलक उपसमुहको सूचक ०.०९ प्रतिशतले गिरावट आएको छ । मंगलबार सबैभन्दा बढी होटल तथा टुरिजमको उपसुचक ६.०२७ प्रतिशतले बढेको छ । आज ३४ बढी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने जम्मा २२ वटा कम्पनीको शेयरमूल्य मात्र घटेको छ । कुल १८० कम्पनीको शेयरमूल्य बढेको मंगलबारको बजारमा १२ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!