सुनको भाउ घट्यो

Posted on: 19 May, 2021

जेठ ५, काठमाडौं। साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै घटेर ९२ हजार ८ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!