सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने

Posted on: 19 May, 2021

जेठ ५, काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको मंगलबार सवा ३ बजे बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो।

बोनस सेयरमा लाग्ने कर बापत ०.५७ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले अघिल्लो वर्ष लाभांश दिएको थिएन। त्यसअघिको वर्ष भने ८६ प्रतिशत बोनस सेयर दिएको थियो। कम्पनीले १२९ प्रतिशतसम्म लाभांश वितरण गरेको छ। लाभांश वितरण गरेको वर्षमध्ये सबैभन्दा कम यसपाली दिएको हो। १० वर्षयता दुई पटक कम्पनीले लाभांश दिएको थिएन।

कम्पनीले चालु वर्षको चैत मसान्तसम्म २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो चैतमा नाफा १७ करोड ४१ लाख रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ। अब ११ करोडले पुँजी थपिने छ। जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!