आइतबार सुनको भाउ कति छ ?

Posted on: 23 May, 2021

जेठ ९, काठमाडौँ । साताको पहिलो दिन आज आईतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९३ हजार १ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार २ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ८ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५३ रुपैयाँ कायम गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!