सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

Posted on: 23 May, 2021

जेठ ९, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार २ हजार ८ सय २० मा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । 


आज २२० कम्पनीको सेयर ११ अर्ब ६९ करोड ५० लाख रूपैयाँमा कारोबार भएको छ ।

आइतबार नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूह घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । सबैभन्दा धेरै बढ्नेमा भने विकास बैंक र फाइएनान्स समूह देखिएको छ । विकास बैंक समूहको सवइन्डेक्स ७ दशमलव ५४ र फाइनान्सको ६ दशमलव ७६ प्रतिशतले बढेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!